अमेरिकी ट्रेड अदालतले ट्यारिफ बारे गरेको निर्णयमा ट्रम्पको असन्तुष्टि

अमेरिकी ट्रेड अदालतले ट्यारिफ बारे गरेको निर्णयमा ट्रम्पको असन्तुष्टि



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कसम्बन्धी कानुनी लडाइँमा ट्रेड अदालतको निर्णयप्रति असन्तुष्टी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले व्यापार अदालतप्रति आक्रोश जनाएका हुन् ।

ट्रम्पको व्यापार कर नीतिविरुद्ध अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानूनी घोषित गरेकोमा अमेरिकी सङ्घीय पुनरावेदन अदालतले यो आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका लागि बनेको अदालतले ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई हरेक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो ।

अदालतले अत्यावश्यक ट्यारिफलाई अस्वीकार गर्ने निर्णय अविश्वसनीय भएको ट्रम्पले लेखेका छन् । उनले राष्ट्रपतिमा आर्थिक तथा वित्तीय रूपमा हानि पुर्‍याउने शक्तिबाट देशलाई जोगाउने अधिकार रहने बताएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।