अन्डाको भाउ बढ्यो

अन्डाको भाउ बढ्यो



काठमाडौं । भोलि शनिबार (१७ जेठ) देखि लागु हुने गरी अन्डाको भाउ बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको जानकारी दिए ।

मूल्य बढेसँगै एक्सएल अन्डाको भाउ प्रतिक्रेट ४ सय ८० रुपैयाँ पुगेको छ । यसअघि एक्सएल अन्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ थियो ।

यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिक्रेट ४ सय ५० रुपैयाँ थियो ।

मिडियम अन्डाको भाउ भने प्रतिक्रेट १० रुपैयाँले बढेर २ सय ३५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि क्रेटको २ सय २५ रुपैयाँ थियो ।

संघ सचिव पोखरेलका अनुसार तराईमा एकदमै गर्मी बढेको र उत्पादन घटेका कारण मूल्य बढेको हो ।