एजेन्सी । केही दिनदेखि बेपत्ता रहेका मेक्सिकोको क्षेत्रीय संगीत ब्यान्डका पाँच सदस्यको शव फेला परेको छ । मेक्सिकोको प्रख्यात संगीत ब्याण्ड ग्रुपो फुगिटीभोका पाँचै जनाको शव टेक्ससको रेनोसामा शहरमा फेला परेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गत आइतबार आयोजना गरिएको एक समारोहमा प्रस्तुती दिन जाने क्रममा उनीहरु अपहरणमा परेका हुन् । अपहरणका परेको सुचनाको आधारमा प्रहरीले उनीहरुको ब्यापक खोजी जारी राखेकोमा शुक्रबार पाँचै जनाको शव फेला परेको हो ।
घटनामा संलग्न भएको आशंकामा ९ जनालाइ पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उक्त ब्यान्डले अन्तर्राष्ट्रिय जगतमा नयाँ युगको शुरुवात गर्दै निकै चर्का कमाएको थियो । उनीहरुको के कति कारणले हत्या गरियो भन्ने बारे केही खुलेको छैन ।
प्रतिक्रिया