कमल थापालाई भेट्न गएका सांसद दीपक सिंह पनि पक्राउ

कमल थापालाई भेट्न गएका सांसद दीपक सिंह पनि पक्राउ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् ।

सांसद सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जाँदा प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो ।

सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई बाहिर निकालेर सांसद सिंहसँग केही सोधपुछ गर्नुछ भन्दै नियन्त्रणमा लिएको सांसद सिंहको सचिवालयले जनाएको छ ।

सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

पक्राउ पर्नेमा थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।

याे पनि : राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ