काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत नेपालमा नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
नियो बैंकले परम्परागत बैंकका जस्तै खाताखोल्ने, पैसा पठाउने, भुक्तानी गर्ने, र बचतजस्ता सबै सेवा मोबाइल एप वा वेबसाइटमार्फत उपलब्ध गराउनेछ। शाखा नभएकाले यसको सञ्चालन खर्च कम हुने र सेवाहरु कम शुल्कमा प्राप्त हुने विश्वास गरिएको छ। यसले विशेषगरी डिजिटल पहुँच नपुगेका ग्रामीण क्षेत्र, युवा वर्ग, साना व्यवसायी र फ्रिल्यान्सरहरूलाई लक्षित गर्नेछ।
नेपालमा अहिले पनि इसेवा, फोनपे, खल्ती जस्ता डिजिटल वालेटले केही हदसम्म नियो बैंकजस्तै सेवा दिइरहेका छन्। तर सरकारद्वारा घोषणा गरिएको यो योजना औपचारिक रूपमा शाखाविहीन डिजिटल बैंक स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम हो।
साथै, नियो बैंकले साइबर सुरक्षा, डिजिटल साक्षरताको कमी, इन्टरनेट पहुँच र नियमन सम्बन्धी चुनौतीहरूको पनि सामना गर्नुपर्नेछ। यद्यपि, सफल कार्यान्वयन भयो भने यसले वित्तीय समावेशिता, डिजिटल कारोबार र आर्थिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया