संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले पाँच वटा काठेपुल बगाएको छ ।
हिजो आएको बाढीले भोटखोला वडा नम्बर १ र २ तथा १ र ३ जोड्ने धुङगोपा खोलाका दुईवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ ।
यसैबीच, केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत आयोजना बगाएपछि दुई सय ५० घर विद्युतविहीन भएका छन ।
बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।
प्रतिक्रिया