भेरी नदीमा बेपत्ता भएका २ जनाकाे शव फेला, १ जनाकाे खाेजी चल्दै

भेरी नदीमा बेपत्ता भएका २ जनाकाे शव फेला, १ जनाकाे खाेजी चल्दै



सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला परेको छ ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रममा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छिन् ।

आज दिउँसो २ बजेतिर भेरीमा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् । जाजरकोटतर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको डीएसपी शर्माले जानकारी दिए । आशा र महेश दिदीभाइ हुन् ।