काठमाडौं । प्रतिनिधिसभाको बैठक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न दिने भन्दै आशन ग्रहण गर्न आग्रह गरेका थिए ।
तर विपक्षी सांसदहरूले ढ्याप ढ्याप गर्दै ध्यानाकर्षण गराइरहे । विपक्षीले उठाइरहेको मागका बारेमा सदन र सभामुख जानकार रहेकाले बजेट पास गर्नुपर्ने समयसीमा रहेकाले ध्यान दिन सभामुखले आग्रह गरेका थिए ।
सभामुखको आग्रह सुन्ने मुडमा विपक्षी सांसद थिएनन् । त्यसपछि उनले २६ जेठ दिनको २ बजे बस्ने गरी बैठक स्थगित गरे ।
प्रतिक्रिया