पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना

पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना



पोखरा । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको छ ।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई बुधबार दिउँसो फेवातालको बीचमा खसेको हो ।

दुई वटा प्याराग्लाइडिङ एकैपल्ट दुर्घटनामा परेको थियो । जसबाट चार जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारीलाई सकुशल उद्धार गरेको हो ।