राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायतका राजदूत फेनबीच भेटवार्ता

राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायतका राजदूत फेनबीच भेटवार्ता



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालको लागि बेलायतका राजदूत रोव फेनबीच आज समितिको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल र बेलायतबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबारे छलफल भएको छ । राजदूत फेनले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरि राम्रो काम गरेकोमा समिति सभापति खतिवडा र समितिलाई बधाई दिए ।

राजदूत फेनले समितिमा आएको सुरक्षा निकाय सम्बन्धी विधेयकको बारेमा सभापति खतिवडासँग चासो राखेका थिए । नेपाल प्रहरीले उच्च व्यवसायिकता प्रर्दशन गर्ने गरेको भन्दै राजदूत फेनले नेपाल प्रहरीको प्रशंसा गरेका थिए । नेपाल प्रहरी र बेलायत प्रहरीबीचको सम्बन्ध बढाउने बारे सभापति खतिवडा र राजदूत फेनबीच छलफल भएको छ ।

सभापति खतिवडाले बेलायतले नेपालप्रति गरेको सहयोगको लागि धन्यवाद दिए । समितिले गरिरहेको काममा चासो राखेर शुभकामना तथा बधाई दिएकोमा पनि सभापति खतिवडाले राजदूत फेनलाई धन्यवाद दिए ।