उडान भरेको दुई मिनेटमै विमानको पछाडिको भाग रूखमा ठोक्किएको अनुमान

उडान भरेको दुई मिनेटमै विमानको पछाडिको भाग रूखमा ठोक्किएको अनुमान

कुन देशका कति नागरिक थिए सवार ?



गुजरात । अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ ।

विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए ।

यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए ।

जहाजमा भारतका १६९ जना, ५३ जना बेलायतका, ७ पोर्चुगलका र एक क्यानाडेली नागरिक सवार रहेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ ।

दुर्घटनास्थलबाट अहिलेसम्म १ सय जनाको शव निकालिएको अखबार भास्करले जनाएको छ ।