नयाँ दिल्ली । अहमदाबादमा एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमान उडान भरेको केही बेरमै एक आवासीय क्षेत्रमा खसेर दुर्घटना भएको हो । विमानमा कुल २४२ जना सवार थिए । २३२ यात्री र १० चालक दलका सदस्य विमानमा थिए ।
बीबीसीका अनुसार अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरी आयुक्त मलिकले भने, ‘केही मानिसहरू बाँचेका हुन सक्छन्, तर अहिले हामीले २०४ वटा शव फेला पारेका छौं।’
उनका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार राहत तथा उद्धार कार्य जारी छ। अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले भने, ‘विमानस्थल बाहिरको क्षेत्रमा बाक्लो धुवाँ देखिएको छ।’ एयर इण्डिया र यसको मातृ कम्पनी टाटा ग्रुपले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका छन्।


प्रतिक्रिया