काठमाडौं । ईरानमा इन्टरनेट बन्द भएको बेलामा अब अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ सक्रिय गरिएको छ। टेस्ला तथा स्पेसएक्सका सिइओ एलन मस्कले सामाजिक सञ्जाल X(ट्विटर) मार्फत “The beams are on” भन्दै यसको पुष्टि गरेका हुन्।
The beams are on
— Elon Musk (@elonmusk) June 14, 2025
ईरानमा हाल इन्टरनेट सेवा कडाइका साथ बन्द गरिएको छ, जुन इरान र इजरायलबीचको सैनिक तनावका कारण आएको हो। यस्तो अवस्थामा स्याटेलाइटमार्फत चल्ने स्टारलिंक सेवा ईरानी नागरिकका लागि अत्यन्त उपयोगी मानिएको छ।
स्टारलिंकले पृथ्वीको निचला कक्षमा रहेका स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिन्छ, जसले दुर्गम स्थान वा सरकारी नियन्त्रणमा इन्टरनेट बन्द गरिएका ठाउँमा समेत सेवा पुर्याउँछ।
करीब २० हजारजति टर्मिनलहरू ईरानमा ब्ल्याकमार्केटमार्फत प्रयोगमा रहेको अनुमान गरिएको छ। स्टारलिंकको मोबाइल–देखि–स्याटेलाइट सेवा पनि सक्रिय छ, जसले टर्मिनल नभएका प्रयोगकर्तालाई समेत सिग्नल दिन सक्छ।
यसले इरानका नागरिकहरूलाई सरकारी इन्टरनेट बन्दको बीचमा संवाद र सूचना पहुँचको विकल्प दिनेछ।


प्रतिक्रिया