इरान-इजरायल युद्ध झन् भयावह

इरान-इजरायल युद्ध झन् भयावह

इजरायली आक्रमणमा इरानी सैन्य जासुसी प्रमुख मारिए


ग्लोब नेपाल
432
Shares

तेहरान । इरान र इजरायलबीच गत बिहीबारदेखि जारी युद्ध झन भयावह बन्दै गएकाे छ । दुबै देशले एक अर्काविरुद्ध भीषण बमबारी गरिरहेका छन् ।

इजरायलले हिजो गरेको आक्रमणमा इरानका सैन्य जासुसी प्रमुखको मृत्यु भएको छ । इरानले गरेको आक्रमणमा इजरायलमा १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कयौं मानिस घाइते भएका छन् ।

इजरायलले इरानको पारमाणविक संरचना, सैन्य क्षेत्र र घना बस्तीमा आक्रमण गरेपछि इरानले बदलामा ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षले सम्झौता गरेर युद्ध रोक्नु पर्ने बताएका छन् ।

तर इरानले भने आक्रमण भइरहेको अवस्थामा युद्धविरामको सम्झौता गर्न नसकिने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने मुख्य मुद्दा हालको तनाव कम गर्ने भन्दा पनि इरानलाई पारमाणविक क्षमता विकास गर्नबाट रोक्नु रहेको बताए ।