मितेरी सहकारी ठगी : भण्डारी कम्बोडियामा पक्राउ

मितेरी सहकारी ठगी : भण्डारी कम्बोडियामा पक्राउ



काठमाडौं । मितेरी सहकारी प्रकरणमा जोडिएर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाको प्रहरीले पक्राउ गरेको छ । सहकारीको रकम ठगीपछि उनी फरार थिए ।

तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिएकाे छ ।

उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनीसँगै ज्योति गुरुङसमेत फरार छन् । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए ।

कम्बोडिया प्रहरीको नियन्त्रणमा रहेका भण्डारीलाई नेपाल ल्याउन समेत आवश्यक कागजातसहित प्रहरी टोली समेत कम्बोडिया पठाइएको छ ।

भण्डारी पक्राउ परेर नेपाल आएपछि मितेरी सहकारी ठगी प्रकरणका थप विषयहरू खुल्नसक्ने बताइएको छ ।