काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा ठूलो फेरबदल ल्याउँदै खल्ती र आइएमई पे एक भएका छन्, र कम्पनीले झण्डै ४० प्रतिशत बजार हिस्सा ओगटेको छ, जसले इसेवालाई कडा प्रतिस्पर्धामा धकेलेको देखिन्छ। नेपाल राष्ट्र बैंकले मर्जरको अनुमति दिएपछि नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ राखिने भएको छ। तर, मोबाइल एप भने ‘खल्ती’ नाममै चल्नेछ।
एक भएपछि ५० लाखभन्दा धेरै प्रयोगकर्ता हुनेछन्, जसले यो कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाउनेछ।
अबको तीन महिनाभित्र दुवै वालेट एउटै एपमा समेटिनेछन्। अहिलेका लागि आइएमई पे र खल्ती दुवै एप चलिरहनेछन्। आइएमई पेको पैसा र रिवार्ड प्वाइन्ट नयाँ खल्ती एपमै सारिनेछ।
संयुक्त कम्पनीमा आइएमई समूहको ५५% र खल्तीको ४५% शेयर रहनेछ। बजार हिस्सा ४०% पुग्ने अनुमान गरिएको छ, जसले इसेवासँग बलियो प्रतिस्पर्धा गर्न सक्नेछ।
भविष्यमा खल्ती एपबाटै रेमिट्यान्स लिने, पैसा पठाउने, भिसा कार्ड, ऋण र बैंक खाता खोल्ने सुविधा ल्याउने योजना कम्पनीको रहेको छ।
प्रतिक्रिया