अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो तेस्रो देशमा आप्रवासी डिपोर्ट गर्ने अनुमति

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो तेस्रो देशमा आप्रवासी डिपोर्ट गर्ने अनुमति



वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई गृह देशबाहेक अरू देशमा डिपोर्ट सुरु गर्ने बाटो खुला गरेको छ । सर्वोच्चले ६–३ को अन्तरले यो निर्णय पारित गरेको हो ।

योसँगै तेस्रो देशमा पठाउन लागिएका आप्रवासीलाई उनीहरू भोग्नु पर्ने जोखिमहरूबारे जानकारी दिन अर्थपूर्ण अवसर दिनु भनेर तल्लो अदालतले ट्रम्प प्रशासनलाई दिएको आदेश उल्टिएको छ । यस निर्णय कानुनहीनताको लागि पुरस्कार हुने भन्दै सर्वोच्चका तीन उदार न्यायाधीशहरूले भने यस फैसलाको विरोध गरेका थिए ।

म्यानमार, दक्षिण सुडान, क्युबा, मेक्सिको, लाओस र भियतनामका आठ आप्रवासीहरूलाई मेमा एउटा विमानबाट दक्षिण सुडान पठाइएको मामिलामा यो सुनवाइ भएको हो । ट्रम्प प्रशासनलाई ती आप्रवासीलाई खराब भन्दा पनि खराबको संज्ञा दिएको थियो ।