तनहुँ । तनहुँको सदरमुकाम दमाैलीमा खानेपानी धारामा नआएपछि पानीको हाहाकार भएको छ ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास नगरपालिका–४ ले वितरण गर्दै आएको खानेपानी धारामा पानी नआएपछि स्थानीयवासीलाई एक गाग्री पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने भएको छ ।
व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीमा रहेको प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायतबाट एक गाग्री पानी लिन लामो समय कुर्नुपरेको व्यास–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए ।
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया