गाजाको एक क्याफेमा भएको इजरायली आक्रमणमा २० जनाको ज्यान गएको छ। अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा इजरायली आक्रमणमा परी अन्य थुप्रै घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि उद्धार टोलीले त्यहाँबाट २० वटा शव बाहिर निकालेका थिए । अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्यहुलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा यो आक्रमण भएको हो।
१९ जनवरीमा भएको युद्ध विराम मार्च महिनाको सकिएको थियो। त्यसयता इजरायलले लगातार आक्रमण गरेको छ। पछिल्ला केही दिनयता आक्रमणलाई तीव्र बनाएको छ।
अमेरिका लगायत अन्तर्राष्ट्रिय निकायले दिएको दबाबका बाबजुद इजरायलले ११ सातासम्म त्यस स्थानमा राहत पुग्न दिएको थिएन। अहिलेसमेत इजरायलले आक्रमणलाई निरन्तरता दिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया