काठमाडौंको विष्णुमती नदी आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौंको विष्णुमती नदी आसपासमा सतर्कता अप्नाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौंको विष्णुमती नदी किनार आसपासका बासिन्दामा सतर्कता अप्नाउन आग्रह गरेको छ ।

विभागले शुक्रबार साँझ सूचना प्रकाशन गर्दै विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अप्नाउन आग्रह गरेको हो ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको अवस्था छ भने कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।