तेलअभिभ । इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ । हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न वासिङ्टन गएका छन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आज हुने वार्तापछि गाजामा रहेका थप इजरायली बन्धकको रिहाई र युद्धविरामका विषय सम्झौता गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेतान्याहुले आफ्ना वार्ताकारहरुलाई इजरायलले स्वीकार गरेका सर्तहरुमा युद्धविराम सम्झौताका लागि स्पष्ट निर्देशन दिएको पनि बताएका छन् । हमासले पछिल्लो युद्धविराम प्रस्तावलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको बताइएको छ ।
अझै पनि सम्झौता गर्नका लागि सर्तहरु रहेकाले त्यसमा विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याएको छ ।
प्रतिक्रिया