रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, ठूलाे क्षतिको आशंका

रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, ठूलाे क्षतिको आशंका



काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाकाे नेपाल–चीन सिमानास्थित लेन्देखोलामा मितेरी पुल बगाएको छ ।

रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ । ड्राइफोर्ट क्षेत्रमा पनि क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार त्यहाँ मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने आशंका छ । विहान सवा ३ बजे बाढी आएको हो ।

स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याइएको अनुमान छ । तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन् ।

त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ ।

यसले ठूलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ ,नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्‍याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।