काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ ।
नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए । उद्धारको लागी सेनाको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ ।
सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कामदारहरू गोसाइकुण्ड गाउँपालिका-२ स्थित उक्त आयोजनामा फसेका थिए । नेपाली सेनाले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसँगको सहकार्यमा उद्धार गरेको हो ।
नेपाली सेनाको धादिङस्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेँसी इलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी सुरू गरेको छ ।
अहिले १८ जना बेपत्ता छन् । तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक र बाँकी नेपाली नागरिक बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।


प्रतिक्रिया