काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–९ स्थित गम्हरिया श्रीपुर माविकी एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साह पक्राउ परेका छन्।
एसईई पास गरेकी छात्रालाई “ह्याप्पी बर्थडे मेरी जान” लेखेर म्यासेज पठाएपछि उनले परिवारलाई जानकारी दिएकी थिइन्। त्यसपछि आफन्तले विद्यालयमै पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका हुन्।
घटनापछि विद्यालयमा स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको छ।
पढाइ ठप्प भएको विद्यालयमा शिक्षक साहमाथि कडा कारबाहीको माग भइरहेको छ। प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया