साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति

साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताएका छन् ।

सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १० प्रतिशतभन्दा केही माथि रहेको समाचार संस्था एपीले जनाएको छ । उनले कम्तीमा एक सय देशबाट आउने सामानमा यो कर लागू हुने योजना सुनाएका छन् ।

अमेरिकी व्यापार सचिव व्यापार सचिव हावार्ड लुटनिकले कर लगाइने देशहरूमा मुख्यतः अफ्रिका र क्यारिबियन क्षेत्र पर्ने बताएका छन् ।

यस महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले दुई दर्जनजति देशहरू र युरोपेली सङ्घलाई पत्र पठाउँदै अगस्ट १ देखि लागू हुने नयाँ भन्सार करहरूको जानकारी दिएका थिए ।

त्यसबेलाको कर घोषणाले अमेरिकी वित्तीय बजारमा उथलपुथल ल्याएको थियो, जसका कारण ट्रम्पले ९० दिनको वार्ता अवधिको घोषणा गरेका थिए । यो अवधि जुलाई ९ मा समाप्त भइसकेको छ ।