काठमाडौं । झापामा कन्काई नदीमा आइतबार (साउन ४) बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा यस दिन दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी, इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।
मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
सुनसरीमा बुढीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको मौसम विज्ञान विभागले जनाएको छ ।
“साउन ०४ गते, बिहान १ः२० बजे । सुनसरी जिल्लास्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया