काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो ।
उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि दुई महिना फरार भएका थिए । उनी पक्राउ पुर्जी जारी भएको खबर पाएपछि भारत भागेको हुनसक्ने अनुमान प्रहरीकाे थियाे।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै जाहेरी दर्ता भएको थियो ।


प्रतिक्रिया