काठमाडौं । पर्वतीय पर्यटन प्रवर्धनको उद्देश्य राखेर ओखलढुंगाका सगरमाथा आरोहण गर्ने आरोहीहरू संगठित भएर संस्था स्थापना गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित आरोहीहरूको भेलाले सगरमाथा आरोही क्लब, ओखलढुंगा नामक संस्था स्थापना गरी पर्यटन प्रवर्धनमा काम गर्ने जनाएको छ ।
भेलाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजिए) एवं आरोही गेल्जे शेर्पाको अध्यक्षतामा १३ सदस्सीय तदर्थ समिति गठन गरेको छ ।
पर्वतीय पर्यटनलाई प्रवर्धन गर्न नयाँ हिमालहरूको पहिचान तथा आरोहण गर्ने, नयाँ आरोहीहरूलाई प्रोत्साहनमुखी कार्यक्रमहरू गर्ने, पर्वतारोहणका लागि प्राविधिक सहयोग तथा साहसिक खेलहरूको प्रवर्धन गर्ने समितिको भनाइ रहेकाे ओखलढुंगाबाट स्थायी तथा अस्थायी रूपमा काठमाडौँमा आएर बसोवास गरिरहेका सगरमाथा आरोहीहरूलाई यो संस्थामा समेटिने अध्यक्ष शेर्पाले जानकारी दिए ।
पर्वतीय पर्यटनलाई प्रवर्धन गर्न नयाँ हिमालहरूको पहिचान तथा आरोहण गर्ने, नयाँ आरोहीहरूलाई प्रोत्साहनमुखी कार्यक्रमहरू गर्ने, पर्वतारोहणका लागि प्राविधिक सहयोग तथा साहसिक खेल (रक क्लाइम्विङ, भिया फराटा) जस्ता खेलहरूको प्रवर्धनमा सहयोग पुर्याउने लगायतका उद्देश्य संस्थाको रहेको अध्यक्ष शेर्पाले बताए ।
समितिकाे उपाध्यक्षमा सगरमाथा आरोही वाङडा शेर्पा, तेन्जी शेर्पा, महासचिवमा गाइड कुङगा शेर्पा, सचिवमा गेल्मु शेर्पा, कोषाध्यक्षमा ओङडा शेर्पा र सदस्यहरूमा दोर्जी शेर्पा, सविन मगर, छिरिङ शेर्पा, छेपाल शेर्पा, जीवन तामाङ, वीरबहादुर परियार, र पेम्वा रिन्जी शेर्पा रहेका छन् ।
यस संस्थामा तत्काल एक सय ५० भन्दा बढी सगरमाथा आरोहण गर्नेहरू संगठित हुने छन् भने त्यसपछि अग्ला हिमाल र पिक आरोहण गर्नेहरूलाई समेत समेटिँदै जाने लक्ष्य संस्थाले राखेको जनाएको छ ।


प्रतिक्रिया