काठमाडौं । एनसेलले गरेको लक्की ड्र मा धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्की करोडपति बनेकी छन् । उनले असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी हुन् ।
उनले आठ वर्षअघि एनसेलको सीम किनेकी उनले फेरी असारको तेस्रो साता ९९ रुपियाँमा ‘बेसिक रिन्युअल’ प्याकको सीम किनेकी थिइन् । विसं २०७२ सालको भूकम्पमा धनसारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाउएकी उनले भूकम्पले छोरासँगै घर पनि गुमाएकी थिइन् ।
श्रीमान वैदेशिक रोजगारी छने भने उनी गाउँमा खेती किसानी गर्ने र बाँकी समय महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् ।
एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।
“मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु”, उनले भने ।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।


प्रतिक्रिया