हमास र इजरायबीचको जारी युद्ध अन्त्यको लागि कतारका दोहामा जारी वार्ता बिना निष्कर्ष टुंगिएको छ । कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्तामा हमासले राखेको प्रस्तावमा इजरायल र अमेरिकाले असहमति जनाउँदै वार्ताबाट हात झिकेपछि वार्ता बिथोलिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफले विज्ञप्ती जारी गर्दै हमासले युद्धविराममा पुग्ने चाहना नै नदेखाएको आरोप लगाएको छ । हमासले अघि सारेको प्रस्तावमा अहिलेका लागि ६ दिने युद्धबिराम गर्ने र सो अवधिमा १० जीवित र १८ मृतक इजरायली बन्दीहरूको हस्तान्तरण, इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाइ, र गाजामा मानवीय सहायता आपूर्तिको विस्तारको प्रावधान रहेकोमा इजरायलले सो प्रस्ताव अस्वीकार गरेको हो ।
इजरायलले भने गाजामा दीर्घकालीन सैन्य उपस्थिति रहने र हमासको पूर्ण अन्त्य गर्ने लक्ष्य राखेकोमा हमासले अस्वीकार गरेपछी वार्ता बिथोलिएको हो । वार्ता बिथोलिएपछि अमेरिकी र इजरायली प्रतिनिधि दोहाबाट फितो भएका छन् ।
यसअघि इजरायली रक्षा मन्त्री इजरायल काट्जले गाजामा मानवीय शहर निर्माण गरी प्यालेस्टिनीहरूको जबरजस्ती स्थानान्तरणको योजना अघि सारेपछी हमास हच्किएको बिश्लेषण गरेका छन् । हमास र इजरालबीचको पटक पटकको वार्ता बिथोलिंदा यसको मारमा भने गाजाबासी परेका छन् । भोकमरीले बिकराल रुप लिएको अवस्थामा वार्ताले सार्थकता नपाउँदा उनीहरु मारमा परेका हुन् ।


प्रतिक्रिया