काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले जनाएको छ ।
कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एक अर्कको सैन्य संरचनामा हवाई आक्रमण गरेको थियो ।
चार दिनमा दुई देशमा कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै दुई देश युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए ।
‘उनीहरूले चाँडै वार्ता टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए ।
ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाइसँग कुराकानी पनि गरेको बताएका थिए ।


प्रतिक्रिया