काठमाडौं । क्याम्बोडिया र थाईल्यान्ड “तत्काल लागु हुने गरी बिनासर्त सङ्घर्षविराम” गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा आयोजित शान्तिवार्ता भएपछि उक्त घोषणा गरिएको हो ।
मलेशियाका प्रधानमन्त्रीले “तनाव मत्थर पार्न तथा शान्ति र सुरक्षा पुनर्बहाली गर्न” यो पहिलो महत्त्वपूर्ण कदम भएको टिप्पणी गरेका छन् ।
गत साता दुई देशका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो । झन्डै एक शताब्दीदेखि दुई देशबीच सीमा विवाद चल्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै देशलाई अमेरिकासँग वाणिज्य वार्ता गर्न चाहने हो भने सङ्घर्षविराम गर्न सहमत हुन भनेका थिए । त्यसलगत्तै दुई पक्षबीच शान्तिवार्ता भएको हो ।
दुवै देशका नेताले ट्रम्पलाई धन्यवाद दिएका छन् । बीबीसीबाट ।


प्रतिक्रिया