काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान जारी छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन भइरहेको हो ।
संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन् । संसदीय दलका नेता रहेका लामा विरुद्ध हिजो (मङ्गलबार) मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो ।
लामाविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ ।


प्रतिक्रिया