कांग्रेस बागमती प्रदेश संसदीय दल चुनावमा मतगणना सुरु

कांग्रेस बागमती प्रदेश संसदीय दल चुनावमा मतगणना सुरु



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनावको मतदान सकेर गणना सुरु भएको छ । मतपत्रमा सदर र बदरसम्बन्धी मापदण्डमा केही बेर विवादपछि सहमति जुटाएर मतगणना सुरु भएको हो ।

मतपत्रमा मसी लतपतिएकोसहितका विषयमा बहादुरसिंह लामा पक्षले प्रश्न उठाएपछि केहीबेर विवाद भएको थियो ।

संसदीय दलका सचिव कृष्ण तामाङको मध्यस्थतामा कुरा मिलेपछि मतपेटिका खोलिएको छ । केहीबेरमै मतगणना सकेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।