घट्यो सुन चाँदीको मूल्य

घट्यो सुन चाँदीको मूल्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला २२३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।