कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन भोलि प्रस्तुत गरिने

कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन भोलि प्रस्तुत गरिने



काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिका सभापति जीवन परियारले प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको बताए । प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार सिंहदरबारमा पटक पटक बैठक राखिएको छ ।

‘समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौं । आज हामी म्याद थपिएको सातौं दिनमा छौं । आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलिको सभामा प्रस्तुत गर्ने तयारीमा छौं । यसको मतलव सबै काम सम्पन्न भइसकेको भन्ने होइन । हामीलाई प्राप्त चार वटा कार्यादेश दिएको थियो । हामी त्यो चारवटा कार्यादेशबारे छलफलकै क्रममा छौं । प्रतिवेदन फाइनल भइसकेको छैन । हामी कार्यादेशमा केन्द्रित भएर छलफल गरिरहेका छौं । यसलाई आज अन्तिम रुप दिएर भोलिको संसदको बैठकमा बुझाउने तयारीमा छौं,’ उनले भने ।