कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा, धादिङमा सबैभन्दा बढी

कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा, धादिङमा सबैभन्दा बढी



काठमाडौं । देशका केही स्थानमा पछिल्लो २४ घण्टामा ‘धेरै भारी’ वर्षा भइरहेको छ । त्यसमध्ये धादिङमा सबैभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार (साउन १९) बिहान १० बजे सार्वजनिक गरेको विवरणानुसार, यो अवधिमा धादिङको गजुरीमा १६९.४ मिलिमिटर पानी परेको छ ।

त्यसपछि रौतहटको गौरमा १४२.४ र महेशपुरमा १४१.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

“अहिले पनि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।

मनसुन सक्रिय रहेकाले गएको शुक्रबार (साउन १६)यता देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । ‘हल्का’देखि धेरै भारीसम्म वर्षा भएको महाशाखाले जनाएको छ ।