काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुगेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टाेली स्थानीय समयअनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलहुँदै तुर्कमेनिस्तानको आवाज शहर पुगेको हो ।
उनलाई तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यु योर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।
मंगलबारदेखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा शहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् ।



प्रतिक्रिया