सोलार र ब्याट्रीले पुग्छ, हाइड्रो तिर नलागौँ : हितेन्द्रदेव शाक्य

सोलार र ब्याट्रीले पुग्छ, हाइड्रो तिर नलागौँ : हितेन्द्रदेव शाक्य



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा आपूर्तिको विकल्पको रूपमा सोलार र ब्याट्री प्रभावकारी हुनसक्ने बताएका छन्। उनका अनुसार, यदि सोलार र ब्याट्री प्रविधिले दिनको र रातको माग पूरा गर्न सकेमा हाइड्रोपावरको विकल्प खोज्नुपर्दैन।

शाक्यले प्रष्ट पारे, ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलारले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन। हाम्रो डिमान्ड दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन।’

उनका अनुसार, हालको अवस्थामा उद्योगहरूमा पनि विद्युत् खपत उच्च छैन। त्यसैले, आवश्यकता अनुसारको लचिलो ऊर्जा प्रणालीतर्फ ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।

शाक्यले ऊर्जा स्रोतको मूल उद्देश्य माग पूरा गर्नु भएको र त्यसका लागि स्रोत जे भए पनि उपयोग गर्न सकिने धारणा राखेका छन्।