प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे सिफारिस

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे सिफारिस



काठमाडौं । प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार बसेको न्याय परिषद् बैठकले घिमिरेलाई सिफारिस गरेको हो ।

’प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजिम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी(नायव महान्यायाधिवक्ता) पदमा काम गरेका डा.टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’ निर्णयमा भनिएको छ ।