काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक निम्तो दिन भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
विदेश सचिव मिश्री यही १ भदौमा नेपाल आउन लागेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आगामी ३१ भदौमा भारत भ्रमण गर्ने तयारी रहेको छ । तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पहिलो भारत भ्रमण तयारी गरेका छन् । ओलीको भ्रमण तयारीबारे परामर्शका लागि नेपाल आउन लागेको बताइएको छ ।


प्रतिक्रिया