कांग्रेसले कर्णाली सरकार सञ्चालनमा सहयोग गरेन : एमाले

कांग्रेसले कर्णाली सरकार सञ्चालनमा सहयोग गरेन : एमाले



सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले)ले सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकार सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकालेको छ । बिहीबार (साउन २२) बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकबाट यस्तो निष्कर्ष निकालेकाे हाे ।

बैठकपछि प्रमुख सचेतक टेकराज पछाईले भने, “दलका सबै सदस्यहरूले नेपाली कांग्रेसले सत्ता सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकाल्नुभएको छ । सत्ता सहकार्यमा हुनुपर्ने संस्कृति र स्पिड नेपाली कांग्रेसमा भएन ।”

आफैँ सरकारमा सहभागी भएर असहयोग गर्नु राम्रो नभएको उनले बताए ।

सत्तासाझेदार दल भए पनि कर्णालीमा कांग्रेस र एमालेबीच विभिन्न समयमा असहमति प्रकट भएको छ । पछिल्लो समय सरकारले गरेका कामप्रति कांग्रेस असन्तुष्ट छ । कांग्रेसले सरकारको विरोधमा प्रतिक्रिया पनि दिँदै आएको छ ।