भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बढी सम्पर्कविहीन

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बढी सम्पर्कविहीन



काठमाडाैं । भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

उत्तराखण्डमा क्लाउड ब्रस्ट भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ ।

‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढी तथा पहिरोको कारण कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जना भन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ गाउँपालिकाले विज्ञप्तिमार्फत् भनेको छ ।