काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न प्रशोधित पिउने पानीका जारहरूको अनुगमनलाई तीव्रता दिएको छ।
महानगर प्रहरी बलका अनुसार पछिल्लो एक हप्तामा मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको छ। असार र साउन महिनामा १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर र मापदण्ड नपुगेका जारहरू फेला पारिएको छ।
महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानहरूमा अनुगमन गरेको छ। अनुगमनमा पानी उत्पादक कम्पनीहरूलाई मापदण्डअनुसार मात्र जारमा पानी बिक्री गर्न, स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा राख्न र पानीको गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिइएको छ।


प्रतिक्रिया