वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनमा घरबारविहीन र अपराधीलाई लक्षित गरेर कडा कदम चाल्ने वाचा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै घरबारविहीनहरूलाई घर दिइने र अपराधीहरूलाई जेल हालिने संकेत गरेका छन् ।
जसमा सहरका मेयरले राष्ट्रिय राजधानीका सडकहरूमा गस्ती गर्न राष्ट्रिय गार्डको सम्भावित प्रयोगमा चिन्ता र असहमति व्यक्त गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् कि उनले सोमबार स्थानीय समयअनुसार बिहान १० बजे ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने योजना बनाएका छन् । यसमा कोलम्बिया जिल्लालाई पहिलेभन्दा बढी सुरक्षित र सुन्दर बनाउने योजनाहरूबारे छलफल गरिने बताइएको छ । ‘घरबारविहीनहरूलाई बस्नको लागि ठाउँ दिने । तर यो ठाउँ राजधानीबाट धेरै टाढा हुने छ’, ट्रम्पको पोस्टमा भनिएको छ ।
अपराधीहरू भने बाहिर जानु नपर्ने अनि उनीहरूलाई जहाँ राख्नु पर्ने हो त्यहीँ अर्थात् जेलमा राखिने उनले बताए । गएको हप्ता ट्रम्पले कानुन कार्यान्वयन गर्ने संघीय एजेन्सीहरूलाई सात दिनका लागि वासिङ्टन उपस्थिति बढाउन र आवश्यकता परे यो म्याद लम्ब्याउन बताएका थिए ।


प्रतिक्रिया