स्राेत अभावले पूर्वाधार आयाेजनामा लगानी गर्न सकेनाैं : अर्थमन्त्री पाैडेल

स्राेत अभावले पूर्वाधार आयाेजनामा लगानी गर्न सकेनाैं : अर्थमन्त्री पाैडेल



काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन् ।

अर्थ समितिमा आज भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताएका हुन् ।

अर्थमन्त्री पाैडेलका अनुसार आयोजना छनोटका लागि ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानून महत्त्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

अर्थमन्त्रीले वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुने दाबी गरे । खानीका अध्ययन, मल कालखाना, आईटीलगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उनले बताए ।