काठमाडौं । काठमाडौंबाट धरौटीमा छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर प्रहरीकहाँ लैजाने तयारी गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनीसँगै अभद्र मुद्दा दायर गरिएका अन्य १८ जनालाई पनि धरौटीमा छाडिएको छ ।
तर, चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको सिलसिलामा भक्तपुर लैजान लागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले बताए ।
आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही मुद्दामा चक्रेमाथि अनुसन्धान हुने बताइएको छ । त्यसैका लागि चक्रेलाई भक्तपुर लैजान लागिएको हो ।


प्रतिक्रिया