पश्चिममा मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिममा मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाे छ । त्यसैले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ ।

बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।