सरकारसँग मल किन्न पुग्ने पैसा छैन : कृषिमन्त्री अधिकारी

सरकारसँग मल किन्न पुग्ने पैसा छैन : कृषिमन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदानको मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले माग पूरा गर्ने गरी मल ल्याउन कठिन भएको बताए ।

उनका अनुसार सरकारले अहिले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान दिइरहेको छ । अहिले वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको मन्त्री अधिकारीको भनाइ छ ।

खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनको दाबी छ ।