मनोहरा किनारका सुकुम्बासी र नगर प्रहरीबीच झडप

मनोहरा किनारका सुकुम्बासी र नगर प्रहरीबीच झडप



काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन डाेजर लिए पुगेका थिए । महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।

आक्रोशित भिडले नगरप्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीकाे टाेली पनि सँगै गएका थिए । गत साउन ८ गते गाेरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिकाे जग्गामा बनेकाे संरचना हटाउन ७ दिनकाे समय दिएकाे थियाे ।